जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकामा २१ जोडीको दाइजोमुक्त एवम् अन्तरजातीय सामूहिक विवाह सम्पन्न भएको छ ।
धनुषाको मिथिला नगरपालिका-२ बेलाचापीस्थित शन्त रामपालको सतलोक आश्रममा ६२७औं प्रकट दिवसको अवसरमा शुक्रबार २१ जोडीको सामूहिक विवाह भएको हो ।
गुरुवाणीद्वारा तेत्तिस करोड देवीदेवताहरुको स्तुति गर्दै रमैणी मन्त्र उच्चारण गरी १७ मिनेटमै उनीहरुको विवाह सम्पन्न गराइएको शन्त रामपालका अनुयायी ईश्वरदत्त भट्टले जानकारी दिए ।
विभिन्न महोत्सवमा यहाँ सामूहिक तथा दाइजोमुक्त विवाह हुने गरेको छ ।यस वर्ष पनि कवीर साहेबको सशरीर प्राकट दिवस तीन दिवसीय रुपमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
गत बिहीबारदेखि चलिरहेको कार्यक्रममा चलिरहेको प्रकट दिवसमा मधेशका मुख्यमन्त्री सतिसकुमार सिंह, सभामुख रामचन्द्र मण्डल लगायत सहभागी भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ असार २०८१, १० : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तरजातीय विवाह गर्ने १४ जोडी सम्मानित
२० वर्षभन्दा कम उमेरको विवाहमा न्यूनतम मात्र सजाय
अस्मिता र महेशबीच कसियो लगनगाँठो
विवाहको उमेर हद १८ वर्षमा झार्न उपसमितिले दिएको सुझावको विरोध
नाबालिकासँग झुक्याएर विवाह
प्रचण्डकी नातिनी स्मिताको विवाहमा मोदीको शुभकामना सन्देश