भरतपुर र हेटौंडाका प्रशासकीय अधिकृत फेरिए, ३२ जना सहसचिवको सरुवा (सूचीसहित)

सफल खबर संवाददाता

आइतबार, ०२ असार २०८१, १९ : ०४
भरतपुर र हेटौंडाका प्रशासकीय अधिकृत फेरिए, ३२ जना सहसचिवको सरुवा  (सूचीसहित)

काठमाडौँ । ३२ जना सहसचिवको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत ३२ जना सहसचिवको सरुवा गरेको हो ।

सरुवा सूची अनुसार भरतपुर महानगरपालिका र हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेरफेर भएका छन् । भरतपुरका वीरेन्द्रदेव भारतीको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा भएको छ भने कोशी प्रदेशका अन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेललाई भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

यस्तै हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु पुरीको खानेपानी मन्त्रालय अन्तरगत सरुवा भएको छ भने हेटौं८ा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त राखिएको छ ।

प्रतिक्रिया दिनुहोस