इन्टरनेशनल पेजेन्ट एन्ड फेसन क्लबको अध्यक्षमा फैजु

सफल खबर संवाददाता

शनिबार, ०१ असार २०८१, ११ : १८
इन्टरनेशनल पेजेन्ट एन्ड फेसन क्लबको अध्यक्षमा फैजु

काठमाडौँ । नेपाली मोडल तथा अन्तर्राष्ट्रिय फेसन कोच राज फैजु इन्टरनेशनल पेजेन्ट एन्ड फेसन क्लबको अध्यक्ष  चुनिएका छन् । मलेसियाको कोटाकिना बालु सहरमा आयोजित नेपाल सहित इन्डिया, मलेसिया, फिलिपिन्स, साउथ कोरिया, इन्डोनेसियालगायत दर्जन बढी देशका ‘इन्टरनेशनल पेजेन्ट एन्ड फेसन क्लब’ का राष्ट्रिय निर्देशकहरूको भेलाले फैजुलाई अध्यक्ष चुनेका हुन् ।

‘इन्टरनेशनल पेजेन्ट एन्ड फेसन क्लबको’ उद्देश्य अन्तर्राष्ट्रिय क्षेत्रमा गुणस्तरीय पेजेन्ट तथा फेसन शोका कार्यक्रमहरू आयोजना गर्ने रहेको छ । क्लब मार्फत नेपालमा अन्तर्राष्ट्रिय स्तरका पेजेन्ट र फेसनका कार्यक्रम भित्र्याएर नेपालको पर्यटन र संस्कृतिको प्रवर्द्धन गर्ने आफ्नो लक्ष्य रहेको फैजुले बताए ।

क्लबले पर्यटन र संस्कृति अलवा विभिन्न देशका राष्ट्रिय निर्देशकहरूसँग समन्वय गरेर पेजेन्स र फेसन उद्योगलाई पछिल्लो समयको ट्रेन अनुसार कसरी लाने, गुणस्तरीय कसरी बनाउने र फेसनमार्फत आफ्नो देशको भेसभुसा अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने भन्ने विषयमा पनि काम गर्नेछ ।

त्यस्तै आ–आफ्नो देशको महत्त्व बोकेको संस्कृति,  हेरिटेजलगायतलाई फेसनमार्फत अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्दै आफ्ना देशका डिजाइनलाई अन्तर्राष्ट्रिय प्लेटफर्ममा चिनाउन समेत जोड दिनेछ ।

पेजेन्टमा भएको नराम्रो चिजहरूलाई छलफलमार्फत हल गरी ट्रेनिङ, टक्नोलोजी लगायतका विषयमा समयसापेक्ष  र स्तरीय कसरी बनाउने भन्नेमा समेत काम गर्नेछ ।विभिन्न देशका सांस्कृतिक लगायत हरेक पाटोको आदानप्रदान पनि यसले आफ्नो उद्देश्यमा राखेको फैजुले जानकारी दिए ।

‘विभिन्न देशमा संस्थाको नेटवर्क विकास गरेर पेजेन्ट र फेसनलाई विश्वमा पुर्‍याउनु पनि हो’ फैजुले थपे ।फैजु करिब १५ वर्षदेखि रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीमार्फत नेपालमा विभिन्न सौन्दर्य प्रतियोगिता तथा ‘फेसन शो’ हरु आयोजना गर्दै आएका फैजु अन्तर्राष्ट्रिय म्युजिक भिडियो अभिनयको अलवा विभिन्न ब्यान्डसँग समेत आबद्ध छन् । 

प्रतिक्रिया दिनुहोस