टी–२० विश्वकप : न्युजिल्यान्डको पहिलो जित

सफल खबर संवाददाता

शनिबार, ०१ असार २०८१, १० : १८
टी–२० विश्वकप :  न्युजिल्यान्डको पहिलो जित

काठमाडौँ । न्युजिल्यान्डले युगान्डालाई ९ विकेटले पराजित गर्दै टी–२० विश्वकपमा पहिलो जित हासिल गरेको छ । शनिबार भएको खेलमा युगान्डाले प्रस्तुत गरेको ४१ रनको झिनो लक्ष्य टोलीले ५.२ ओभरमा मात्र १ विकेटको क्षतिमा पछ्यायो । 

डेभन कनवेले १५ बलमा २२ रन बनाउँदै टोलीलाई जित दिलाए । उनले ४ चौका प्रहार गरे । फिन एलनले ९ रन जोडे भने रचिन रवीन्द्र १ रनमा नटआउट रहे । युगान्डाका लागि एक मात्र विकेट रियाजत अलि शाहले लिए । यसअघि टिम साउथीले ३ तथा ट्रेन्ट बोल्ट, मिेचल स्यान्टनर र रचिन रवीन्द्रले २–२ विकेट लिए भने युगान्डा १८.४ ओभरमा मात्र ४० रनमा समेटिएको थियो ।

टोलीका लागि केनेथ वाइसवाले १८ बलमा ११ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । फ्रेड अचेलमले ९ रनको योगदान दिए ।

समूह सीमा ३ खेलपछि न्युजिल्याण्डको २ अंक छ । ४ खेल खेलेको युगान्डाको पनि २ अंक नै रहेको छ । यस समूहबाट अफगानिस्तान र वेस्ट इन्डिज यसअघि नै अर्को चरणमा प्रवेश गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस