हत्या र लुटपाटमा संलग्न सार्वजनिक

शुक्रबार, १२ असोज २०७५, १९ : ४८
हत्या र लुटपाटमा संलग्न सार्वजनिक

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले हत्या र लुटपाटमा संलग्न धनगढीका १८ वर्षीय कमल ठगुन्नालाई आज सार्वजनिक गरेको छ । 

कार्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महानगरपालिकाका विभिन्न स्थानमा सञ्चालित सहकारी र मनि चेन्जरमा चोरी गरेको अभियोगमा पक्राउ परेका ठगुन्नालाई सार्वजनिक गरेको हो । 

ठगुन्नाले एभरेष्ट मनि चेन्जरबाट नगद रु ९६ हजार, सिर्जनाचोकस्थित जनएकता बचत तथा ऋण सहकारी सस्था लिको कार्यालयबाट नगद रु नौ लाख १४ हजार, अम्मरसिंहचोकस्थित भिजन बचत तथा ऋण सहकारी सस्थाबाट नगद रु नौ लाख ६७ हजार ५७९ चोरी गरेको कास्की प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिनुभयो । 

ठगुन्नाको साथबाट प्रहरीले रु पाँच लाख ३८ हजार ८० सहित चोरीमा प्रयोग गरिएका घरेलु औजार बरामद गरेको जनाएको छ । यसैगरी पोखरा ३२ मा श्रीमती हत्या गर्ने यानबहादुर गुरुङलाई पनि आजै सार्वजनिक गरिएको हो ।  (रासस)

प्रतिक्रिया दिनुहोस