दाईजो नल्याएको भन्दै रुपन्देहीमा महिलाको संवेदनशील अंग पोलियो

सफल खबर संवाददाता

शुक्रबार, १२ असोज २०७५, १९ : १२
दाईजो नल्याएको भन्दै रुपन्देहीमा महिलाको संवेदनशील अंग पोलियो

रुपन्देही । रुपन्देहीमा दाईजो नल्याएको भन्दै एक महिलामाथि चरम यातना दिइएको छ । 
दाईजो नल्याएको निहुमा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा–७ भैसहिया निवासी २३ बर्षीया अमरावती तेलीलाई निजको श्रीमान, सासु र ससुराले तातो फलामको रड प्रयोग गरी सामूहिक रुपमा शरीरको संवेदनशील अंगमा पोलेर गम्भीर घाईते बनाएको ईलाका प्रहरी कार्यालय लुम्बिनीले जानकारी दिएको छ । 

पीडित पक्षले दिएको किटानी उजुरीको आधारमा प्रहरी घटना स्थलमा पुगि गम्भीर घाईते यादवको मेडिकल कालेज भैरहवामा उपचार गराएको छ । निजको श्रीमान २४ बर्षीय गोविन्द तेली ससुरा ६५ बर्षीय मेघा तेली र सासु लाई पक्राउ गरिएको छ । अभियुक्तहरुलाई विवाह सम्बन्धी कसूरको दफा १७४ बमोजिम कारबही प्रकिया अघि बढाइएको प्रहरीले जनाएको छ । 

एक वर्षअघि वैवाहिक बन्धनमा बाँधिएपछि दम्पतीबीच दाईजो बिषयलाई लिएर दिनदिनै झगडाले उग्र रुप लिएपछि घटना बाहिर आएको हो । 

प्रतिक्रिया दिनुहोस