सौजन्य सहकारीको अध्यक्षमा लम्साल सर्वसम्मत चयन

सफल खबर संवाददाता

शुक्रबार, १२ असोज २०७५, १८ : ५२
सौजन्य सहकारीको अध्यक्षमा लम्साल सर्वसम्मत चयन

चितवन । पूर्वी चितवनको रत्ननगर १० बकुलहरमा रहेको सौजन्य बचत तथा ऋण सहकारी संस्था लि. को ७औं वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशनबाट अध्यक्षमा धर्मध्वज लम्साल सर्वसम्मत चयन भएका छन् । समितिको उपाध्यक्षमा महादेव प्रसाद हुँमागाई, सचिव लिलानाथ अर्याल, कोषाध्यक्ष अनिता अर्याल सर्वसम्मत निर्वाचित भएका छन् । समितिको सदस्यहरु चेत प्रसाद अधिकारी, सुनिता श्रेष्ठ, सविता आचार्य, राजेन्द्र प्रसाद चौधरी र सोमराज बस्नेत चयन भएका छन् । त्यस्तै लेखा समिति संयोजकमा बाबुराम गौतम, सदस्यमा मोहन प्रसाद पाण्डे र श्याम बाबु तिमल्सिना चयन भएका छन् । संस्थाका उपाध्यक्ष धर्मध्वज लम्सालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम अध्यक्ष बिनोद रेग्मीको अध्यक्षतामा कार्यक्रम भएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि रत्ननगर वडा नं. १० का वडा अध्यक्ष केशव आचार्य, वडा सदस्य कमल बहादुर घिमिरे, शेयर सदस्यहरु तुलसी राम चापागाई, शोभा लामिछाने लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा संस्थाको भावी नीति तथा कार्यक्रम अध्यक्ष बिनोद रेग्मीले प्रस्तुत गरेका थिए । कोषाध्यक्ष श्याम बाबु तिमल्सिनाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा लेखा समिति संयोजक बाबुराम गौतमले आन्तरीक लेखा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । 
 

प्रतिक्रिया दिनुहोस