गण्डकीमा दुई मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ, मनाङेलाई भौतिक पूर्वाधारको जिम्मेवारी

सफल खबर संवाददाता

मंगलबार, २९ जेठ २०८१, १६ : १२
गण्डकीमा दुई मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ, मनाङेलाई भौतिक पूर्वाधारको जिम्मेवारी

पोखरा। गण्डकी प्रदेश सरकारका नवनियुक्त मन्त्रीद्वय राजीव गुरुङ (दीपक मनाङे) र फणीन्द्र देवकोटाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सभाकक्षमा आयोजित एक समारोहकाबीच गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

 

मन्त्री गुरुङले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनले यसअघि पनि मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।

 

साथै मन्त्री देवकोटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।सो समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सभामुख कृष्णप्रसाद धिताल, प्रदेश सरकारका मन्त्री, उच्चपदस्थ अधिकारीलगायतको उपस्थिति थियो । 

प्रतिक्रिया दिनुहोस