काठमाडौ । नेपालमा सञ्चालित डिलक्ससहित पाँचतारे होटेलको सङ्ख्या २२ पुगेको छ ।
पर्यटन विभागका अनुसार यस वर्ष दुई वटा हेरिटेज बुटिकसहित तीन वटा होटेल पाँचतारे होटेलको वर्गीकरणमा परेका हुन् ।
विभागका प्रवक्ता कालीबहादुर भुजेलले भने, “विभागमा यस वर्ष दुई वटा हेरिटेज बुटिक होटेल र तीन वटा होटेल पाँचतारे होटेलमा नवीकरणमा परेका छन् । पछिल्लो तथ्याङ्क अनुसार एक डिलक्ससहित पाँचतारे होटेलको सङ्ख्या २२ पुगेको छ ।”
यस वर्ष ८८ करोड रुपियाँ लगानी रहेको वर्णवास म्युजियम, काठमाडौँ र १० करोड रुपियाँ लगानी रहेको स्ववेयर होटेल ललितपुर हेरिटेज बुटिक होटेलमा दर्ता भएको उनले बताए ।
त्यस्तै तीन अर्ब रुपियाँको लागतमा भैरहवामा सञ्चालित सिद्धार्थ इन्टरनेसनल, ५४ करोड ८९ लाख रुपियाँको लागतको होटेल ल्हासा इन्टरनेसनल (दुसित प्रिन्सेस) काठमाडौँ र एक अर्ब २५ करोड रुपियाँ लागतमा सञ्चालनमा आएको धूमवाराहीस्थित अकामा होटेल पाँचतारे वर्गीकरणमा परेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ जेठ २०८१, ०८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
होटल मिस्टेक माउण्टेन अब पोखरामा
पर्यटकीय याममा सौराहाका होटलमा बुकिङ रद्द
चितवनका विभिन्न होटलमा प्रहरीकाे छापा, २० जना पक्राउ