काठमाडौँ । सहकारीको बचत अपचलन, हिनामिना, दुरूपयोग तथा ठगी छानबिन गर्न गठित समितिको बैठक आज बस्दैछ । सिंहदबारमा आज दिउँसो ३ बजे बैठकमा छानबिन समितिको कार्यविधि लगायतका विषयमा छलफल हुने समितिका सभापति सूर्यकुमार थापाले जानकारी दिएका छन् ।
सहकारीहरूको बचत अपचलनबारे छानबिन गर्न जेठ १५ गते सात सदस्यीय समिति बनेको छ । समितिले सहकारी संस्थाहरूमा देखिएको संकट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिने कार्यादेश पाएको छ ।
समितिका सभापति एमालेका सांसद सूर्य थापा छन् भने सदस्यहरूमा एमालेबाट सरिता भुसाल, कांग्रेसबाट बद्रीप्रसाद पाण्डे र ईश्वरीदेवी न्यौपाने, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ जेठ २०८१, १२ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३४ जना बचतकर्ताको बचत रकम फिर्ता
सुरु भयो सहकारीको बचत फिर्ता
सहकारी बचत फिर्ता ऋण असुलीबाट गरिने
समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता जेठ पहिलो सातादेखि सुरु हुने
महिलालाई आत्मनिर्भर बनाउँदै सहकारी
सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्नेबारे सरोकारवालासँग छलफल गर्दै मन्त्रालय