मकवानपुरको हेटौडामा पुरुषले गरे पुरुषलाई बलत्कार

विहीबार, ११ असोज २०७५, १४ : ४४
मकवानपुरको हेटौडामा पुरुषले गरे पुरुषलाई बलत्कार

फाइल फोटो

हेटौडा : बलात्कार भन्नासाथ दुई विपरित लिंगीबीच जबरजस्ती हुने सम्पर्र्क हो भन्ने आम बुझाइ छ। हालसम्म बलात्कारका मुद्दामा पुरुषले महिलालाई बलात्कार गर्ने र यदाकदा महिलाले पुरुषलाई गर्ने सुनिएको थियो। तर मकवानपुरको हेटौडामा पुरुषले पुरुषलाई नै बलत्कार गरेका छन् ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरले ३० वर्षीय एक सुस्त मनस्थितिका युवालाई जर्बजस्ती करणी गरेको आरोपमा हेटौडा उपमहानगरपालिका–८ कमानेका ६० वर्षीय केशव सिंखडा पक्राउ छ ।
सिम्खडाले मंगलबार साँझ मनकामना चोक नजिक बारीमा ती युवकलाई यौन दुर्व्यवहार गरेको स्थानीय दुई जना महिलाले देखेपछि घटना सार्वजनिक भएको हो ।

स्थानीय महिलाहरूको अनुसार मंगबार देखे पनि केही गर्न नसकेकाले बुधबार बिहान महिलाहरू भेला भएर सिम्खडालाई मोसो दलेर घुमाउँदै गर्दा प्रहरीले लिएर गएको थियो ।

तर दिनभर दुवै पक्षबीच छलफल गराएर सहमतिपछि प्रहरीले पीडकलाई साँझ छाडेको छ । इलाका प्रहरी कार्यालय पशुपतिका प्रहरी निरीक्षक अनुजजंग रायमाझीले गाउँलेहरुबीच सहमति भएपछि सिंखडालाई छाडिएको बताए ।

प्रतिक्रिया दिनुहोस