कान्तिपुरका ९५२ बचतकर्ताले दिए जाहेरी

सफल खबर संवाददाता

सोमबार, २१ जेठ २०८१, ०८ : २१
कान्तिपुरका ९५२ बचतकर्ताले दिए जाहेरी

काठमाडौ । कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष चन्द्रबहादुर लामा (सिबी लामा तामाङ) विरुद्ध एक अर्ब ५१ करोड रुपियाँ बचत रकम अपचलन गरेको अभियोगमा जाहेरी परेको छ ।

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले पूर्वअध्यक्ष लामा पक्राउ पर्नुअघि ८५२ र पक्राउ परेपछि थप एक सय जनाको जाहेरी परेको बताए । 

उनका अनुसार जाहेरीकर्ताको मागबमोजिम एक अर्ब ५१ करोड ८५ लाख ५२ हजार २७ रुपियाँ बिगो रकम रहेको छ । लामाविरुद्ध नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले पनि अनुसन्धान गरिरहेको छ । गोरखापत्रमा खबर छ ।