काठमाडौ । कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष चन्द्रबहादुर लामा (सिबी लामा तामाङ) विरुद्ध एक अर्ब ५१ करोड रुपियाँ बचत रकम अपचलन गरेको अभियोगमा जाहेरी परेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले पूर्वअध्यक्ष लामा पक्राउ पर्नुअघि ८५२ र पक्राउ परेपछि थप एक सय जनाको जाहेरी परेको बताए ।
उनका अनुसार जाहेरीकर्ताको मागबमोजिम एक अर्ब ५१ करोड ८५ लाख ५२ हजार २७ रुपियाँ बिगो रकम रहेको छ । लामाविरुद्ध नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले पनि अनुसन्धान गरिरहेको छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ जेठ २०८१, ०८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३४ जना बचतकर्ताको बचत रकम फिर्ता
सुरु भयो सहकारीको बचत फिर्ता
सहकारी बचत फिर्ता ऋण असुलीबाट गरिने
समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता जेठ पहिलो सातादेखि सुरु हुने
महिलालाई आत्मनिर्भर बनाउँदै सहकारी
सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्नेबारे सरोकारवालासँग छलफल गर्दै मन्त्रालय