मकवानपुर । आज बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद्को पूर्ण बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गर्दै प्रदेशसभा बैठकमा पेस गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठकाअनुसार मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको नीति तथा कार्यक्रम आजै दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत गरिनेछ ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले उक्त नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्नेछन्। उनले कृषि पर्यटन तथा शिक्षा र रोजगारी क्षेत्रलाई विशेष प्राथमिकतामा राखी नीति तथा कार्यक्रम तयार पारिएको बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ जेठ २०८१, १४ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत
बागमती प्रदेशमा तीन दिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने
यातायात क्षेत्र सुधार्न बागमती प्रदेशको निर्देशन: ६ महिनाभित्र थप ट्रायल सेन्टर खोल्न निर्देशन
बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन
प्रधानमन्त्री बालेन शाहद्वारा बागमती प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
बागमती प्रदेश सरकारले समायोजन गर्यो गाडी भाडा