मकवानपुर । आज बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद्को पूर्ण बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गर्दै प्रदेशसभा बैठकमा पेस गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठकाअनुसार मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको नीति तथा कार्यक्रम आजै दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत गरिनेछ ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले उक्त नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्नेछन्। उनले कृषि पर्यटन तथा शिक्षा र रोजगारी क्षेत्रलाई विशेष प्राथमिकतामा राखी नीति तथा कार्यक्रम तयार पारिएको बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ जेठ २०८१, १४ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत
बागमती प्रदेशका सभामुखले बुझाए राजीनामा
बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने
मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ
बागमती प्रदेशका दुई जिल्ला अध्यक्ष मात्रै ओलीको पक्षमा !
लामाका मन्त्री नियुक्त नगरे बागमतीका मुख्यमन्त्री बानियाँलाई पर्न सक्छ संकट