काठमाडौं। नेपालमा कालोपत्रे सडकको लम्बाइ १८ हजार २ सय १४ किलोमिटर पुगेको छ ।चालू आर्थिक वर्षमा १८९ किलोमिटर सडक कालोपत्रे भएको सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।२०८० फागुन मसान्तसम्म कालोपत्रे सडकको लम्बाइ १८ हजार किलोमिटर नाघेको हो ।
अर्थमन्त्री वर्षमान पुनले आइतबार संसद्मा पेश गरेको आर्थिक सर्वेक्षण अनुसार देशभर ग्राभेल सडकको लम्बाइ ७ हजार ६ सय ९७ किमि पुगेको छ ।८ हजार ३ सय २९ किमि कच्ची सहित सरकारले निर्माण गरेको सडकको लम्बाइ ३४ हजार २ सय ६७ कायम भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
चालू आर्थिक वर्षमा ६७ वटा सडक पुल निर्माण भएको छन् ।आर्थिक वर्षको दोस्रो चौमासिकसम्म पुँजीगत खर्च कम भएकोले उपलब्धि कम देखिएको हो ।विकास निर्माणका काम आर्थिक वर्षको तेस्रो चौमासिकमा धेरै हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ जेठ २०८१, १६ : ५१
लेखकबाट थप