काठमाडौँ । प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ। आइतबार प्रमुख प्रतिपक्षी दल काँग्रेसका सांसदको वेल घेराउ र नाराबाजीबीच नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको हो।
नीति तथा कार्यक्रममाथि छलफलमा भाग दिँदै सांसद चित्रबहादुर केसीले सहकारी ठगी प्रकरणमा मुछिएका व्यक्तिमाथि कारबाही अघि बढाउन माग गर्दै नीति तथा कार्यक्रममा आफ्नो पार्टीको समर्थन नभएको बताए।
यस्तै नमकिपाका सांसद प्रेम सुवालले नीति तथा कार्यक्रममाथि आफ्नो संशोधन प्रस्ताव गरेका छन्। यसअघि बैठकमा विरोधबीच अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन्।
प्रतिनिधि सभा बैठक कार्यसूचीमा प्रवेश गरे लगत्तै प्रमुख प्रतिपक्ष दल काँग्रेस सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ जेठ २०८१, १२ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् पुनर्स्थापनाबारे काँग्रेस र एमालेद्वारा सभामुखसँग छलफल
प्रधानमन्त्रीसँगको छलफलमा दलहरूबाट को-को सहभागी हुँदैछन् ?
पाँच दलका प्रमुख सचेतकसँग सभामुखको छलफल
भूमि विधेयकमाथिको छलफल स्थगित
परराष्ट्रमन्त्री र मुख्यसचिवसँग नवनिर्वाचित परिसंघ पदाधिकारीको छलफल
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल