काठमाडौँ । प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ। आइतबार प्रमुख प्रतिपक्षी दल काँग्रेसका सांसदको वेल घेराउ र नाराबाजीबीच नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको हो।
नीति तथा कार्यक्रममाथि छलफलमा भाग दिँदै सांसद चित्रबहादुर केसीले सहकारी ठगी प्रकरणमा मुछिएका व्यक्तिमाथि कारबाही अघि बढाउन माग गर्दै नीति तथा कार्यक्रममा आफ्नो पार्टीको समर्थन नभएको बताए।
यस्तै नमकिपाका सांसद प्रेम सुवालले नीति तथा कार्यक्रममाथि आफ्नो संशोधन प्रस्ताव गरेका छन्। यसअघि बैठकमा विरोधबीच अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन्।
प्रतिनिधि सभा बैठक कार्यसूचीमा प्रवेश गरे लगत्तै प्रमुख प्रतिपक्ष दल काँग्रेस सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ जेठ २०८१, १२ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संविधान संशोधनसम्बन्धी सुझाव संकलन गर्न निजी क्षेत्रसँग कार्यदलको छलफल सुरु
बालुवाटारमा शेखर कोइराला समूहको छलफल जारी
ओली–लेखक पक्राउपछिको घटनाक्रमबारे गृहमन्त्रीले लिए देशभरको सुरक्षा ब्रिफिङ
प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबीच छलफल सुरु
संसद् पुनर्स्थापनाबारे काँग्रेस र एमालेद्वारा सभामुखसँग छलफल
प्रधानमन्त्रीसँगको छलफलमा दलहरूबाट को-को सहभागी हुँदैछन् ?