काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सदस्यता वितरण अभियान सुरु गरेको छ ।शुक्रबार जनकपुरमा एक कार्यक्रमको आयोजना गरी धनुषा जिल्लाबाट सदस्यता वितरणकाे अभियान सुरु गरिएको पार्टीका महासचिव सुरेन्द्रकुमार झाले बताए ।
लोसपाका अध्यक्ष महन्थ ठाकुरले अभियानको शुभारम्भ गरेका हुन् । धनुषा जिल्लामा नव प्रवेशीलाई सदस्यता वितरण गरी अभियानको सुरु गरिएको हो ।लोसपाले महाधिवेशनलाई लक्षित गरी सदस्यता अभियान सुरु गरिएको छ । २०८२ मा महाधिवेशन गर्ने गरी तयारी सुरु गरिएको हो । पहिलो चरणमा मधेस प्रदेशमा यो अभियान सञ्चालन हुने र त्यसपछि अन्य जिल्लामा पनि जाने महासचिव झाले बताए ।
शुक्रबार सुरु गरिएको अभियान कार्यक्रममा पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारी, वरिष्ठ उपाध्यक्ष एवं मधेस प्रदेशका अध्यक्ष जीतेन्द्र सोनल, वरिष्ठ उपाध्यक्ष उमाकान्त झा, महासचिव सुरेन्द झालगायतका नेताहरूको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ जेठ २०८१, १६ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोसपा नेपालको महाधिवेशन अनिश्चित
लोसपा जिल्ला अध्यक्षसहित ६५ जना माओवादी केद्रमा प्रवेश
मधेशी दलहरूको एकता संवादलाई निष्कर्षमा पुर्याउन लोसपाले बनायो उच्चस्तरीय समिति
एकताको पहल गर्न लोसपाले पनि बनायो ५ सदस्यीय कार्यदल
लोसपाले वितरण गर्दैछ पाँच लाख सदस्यता
लोसपाको महासचिवमा यादव मनोनीत