महिला एसिया कपको तयारीका लागि क्लोज क्याम्पमा रहने २८ खेलाडीको नाम घोषणा

सफल खबर संवाददाता

विहीबार, १० जेठ २०८१, १२ : १४
महिला एसिया कपको तयारीका लागि क्लोज क्याम्पमा रहने २८ खेलाडीको नाम घोषणा

काठमाडौं। एसीसी वुमन्स एसिया कप क्रिकेट प्रतियोगिताको तयारीका लागि क्लोज क्याम्पमा रहने २८ खेलाडीको सूची सार्वजनिक भएको छ ।नेपाल क्रिकेट संघ क्यानले इन्दु बर्माको कप्तानीमा २८ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीमा कप्तान बर्माका अलावा रुविना क्षेत्री, सीता राना मगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी लगायत छन् ।शुरू छनोट हुन असफल भएको नेपाल एसीसीले प्रतियोगितामा सहभागीको संख्या ८ पुर्‍याएपछि भाग्यमानी ठहरिएको थियो ।

नेपाल रहेको समूहमा भारत, पाकिस्तान र यूएई छन् । अर्को समूहमा श्रीलंका बंगलादेश, थाइल्यान्ड र मलेसिया रहेका छन् ।

प्रतिक्रिया दिनुहोस