नीति तथा कार्यक्रममाथि तीन संशोधन प्रस्ताव दर्ता

सफल खबर संवाददाता

बुधबार, ०९ जेठ २०८१, १९ : २९
नीति तथा कार्यक्रममाथि तीन संशोधन प्रस्ताव दर्ता

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा दुई वटा र राष्ट्रिय सभामा एउटा संशोधन प्रस्ताव दर्ता भएको छ ।

मंगलबार बसेको दुवै सभाको बैठकले बुधबार नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दर्ता गर्न समय छुट्टाएको थियो । निर्धारित समयमा प्रतिनिधि सभामा दुई वटा र राष्ट्रिय सभामा एउटा संशोधन प्रस्ताव दर्ता भएको हो ।

प्रतिनिधि सभामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले संशोधन प्रस्ताव दर्ता गरेका छन् ।संसद् सचिवालयका अनुसार उनीहरूले नीति तथा कार्यक्रमका विभिन्न बुँदामा संशोधन प्रस्ताव सहितको सूचना दर्ता गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस