गृहमन्त्री लामिछानेलाई पूर्वगृहमन्त्री रावलको प्रश्न– के मन्त्री र अरूका लागि फरक–फरक कानून छ ?

सफल खबर संवाददाता

बुधबार, ०९ जेठ २०८१, १५ : ४९
गृहमन्त्री लामिछानेलाई पूर्वगृहमन्त्री रावलको प्रश्न– के मन्त्री र अरूका लागि फरक–फरक कानून छ ?

काठमाडौं। नेकपा (एमाले)का पूर्वउपाध्यक्ष डा भीम रावलले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारी कानूनी राज्यको उपहास भएको बताएका छन्।

पूर्वगृहमन्त्रीसमेत रहेका रावलले बुधबार सामाजिक सञ्जालमार्फत सिरोहियाको गिरफ्तारीको विरोध जनाउँदै मन्त्री र अरूका लागि फरक–फरक कानून भएको भन्दै प्रश्न उठाएका छन् ।

उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग नेपालको कानूनविपरीत विदेशको समेत गरी दुई नागरिकता र राहदानी हुँदा केही कारबाही नगरिएको तर सिरोहियालाई दुईवटा नागरिकतामा ’विवरण फरक परेको’ आरोपमा कार्यकक्षबाटै पक्रिएको भन्दै आपत्ति जनाएका हुन् । 

‘गृहमन्त्री रवि लामिछानेसँग नेपालको कानूनविपरीत विदेशको समेत गरी दुई नागरिकता र राहादानी हुँदा केही कारबाही नगर्ने तर कैलाश सिरोहियालाई दुईटा नागरिकतामा ’विवरण फरक परेको’ भनी कार्यकक्षबाट पक्रेर रातारात धनुषा लिने !’, उनले एक्समा लेखेका छन्, ‘के मन्त्री र अरूका लागि फरक–फरक कानून छ ? कानूनी राज्यको उपहास !’कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई नागरिकता कीर्ते गरेको आरोपमा प्रहरीले मंगलबार पक्राउ गरेको छ । 

प्रतिक्रिया दिनुहोस