सिरोहियालाई ३ दिन हिरासतमा लिएर अनुसन्धान गर्न अनुमति

सफल खबर संवाददाता

बुधबार, ०९ जेठ २०८१, १५ : ४८
सिरोहियालाई ३ दिन हिरासतमा लिएर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिन हिरासतमा लिएर अनुसन्धान गर्न आदेश दिएको छ ।

नागरिकतासम्बन्धी मुद्दामा मंगलबार काठमाडौँमा पक्राउ गरेर धनुषा ल्याइएका सिरोहियालाई बुधबार जिल्ला अदालतका न्यायाधीश चुडामन खड्काको इजलासले उक्त आदेश दिएको हो ।

प्रहरीले सिरोहियालाई १० दिन हिरासतमा लिएर अनुसन्धान गर्ने समय माग गरेको थियो भने सरकारी वकिलले ५ दिन हिरासतमा लिएर अनुसन्धान गर्ने समय माग गरेको थिए ।

सिरोहियालाई मंगलबार थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्स्‌को केन्द्रीय कार्यालयमा प्रवेश गरी प्रहरीले कार्यकक्षबाटै पक्राउ गरेर लगेको हो ।