काभ्रेमा दम्पती मृत फेला, हत्याको आशङ्का

सफल खबर संवाददाता

बुधबार, ०९ जेठ २०८१, ०७ : ४९
काभ्रेमा दम्पती मृत फेला, हत्याको आशङ्का

काठमाडौँ । काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर ४ स्थित ३ फुट्टेमा दम्पती मृत अवस्थामा भेटिएका छन्।

६० वर्षीय मानबहादुर बल र उनकी पत्नी ५० बर्सिया केकाइमाया बल मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

उनीहरूको हत्या भएको आशङ्कामा तालिम प्राप्त कुकुरको सहयोगले अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस