काठमाडौँ । सरकारले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले बारामा श्रीमान् अमृतकुमार शर्मा बजगाईको नाममा ६ कट्ठा, सर्लाहीमा ५ बिघा, १९ कट्ठा जग्गा रहेको उल्लेख गरेकी छिन ।
मन्त्री साहको कलैयामा १५ कट्ठा जग्गा र १० कट्ठा जग्गा जग्गा रहेको छ । यस्तै सुन १० तोला, चाँदी २५ तोला रहेको छ ।नगदतर्फ सानिमा बैंकमा ३० हजार रुपैयाँ, श्रीमानको नाममा १० हजार रुपैयाँ र चार कट्ठा जग्गामा बनेको अढाई तले घर रहेको मन्त्री साहको सम्पत्ति विवरणमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ जेठ २०८१, १६ : ५१
लेखकबाट थप