तोलामा १ हजार २ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सफल खबर संवाददाता

मंगलबार, ०८ जेठ २०८१, ११ : २४
तोलामा १ हजार २ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन सोमबार प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भएकामा आजका लागि १ लाख ४० हजार ६ सय रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै तेजाबी सुन सोमबार तोलामा १ लाख ४१ हजार १ सय रुपैयाँमा कारोबार भएकामा आजका लागि १ लाख ३९ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले घटेको छ ।

सोमबार प्रतितोला १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भएकामा आज चाँदीको मूल्य १ हजार ८ सय ८५ रुपैयाँका कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस