भारतमा लोकसभा निर्वाचन : पाँचौँ चरणको मतदान जारी

सफल खबर संवाददाता

सोमबार, ०७ जेठ २०८१, ०९ : २६
भारतमा लोकसभा निर्वाचन : पाँचौँ चरणको मतदान जारी

एजेन्सी । भारतमा आज पाँचौँ चरणको मतदान भइरहेको छ । मतदान स्थानीय समय अनुसार बिहान ७ बजेबाट सुरु भएर साँझ ६ बजेसम्म जारी रहने भारतीय निर्वाचन आयोगले जनाएको छ। 

लोकसभा निर्वाचनअन्तर्गत आज ६ राज्य र २ केन्द्रशासित प्रदेशमा लोकसभाका ४९ सिटमा मतदान सुरु भएको हो । 

महाराष्ट्रका १३, उत्तर प्रदेशका १४, पश्चिम बंगालका ७, बिहार र ओडिसाका पाँच–पाँच, झारखण्डका ३, जम्मु कश्मिर र लद्दाखमा एक–एक सिटका लागि मतदान हुन भइरहेको छ । 

आज हुने मतदानले भारताका सत्तापक्ष र प्रतिपक्षका लामो समयदेखि राजनीतिमा होमिएका चर्चित सांसद र मन्त्रीको आगामी राजनीतिक यात्रा तय गर्ने भएकाले पनि कतिपय स्थानको मतदानलाई निकै महत्त्वपूर्ण रूपमा हेरिएको छ । 

रक्षामन्त्री राजनाथ सिंह, बीजेपी नेता तथा केन्द्रीय मन्त्री स्मृति इरानी, कांग्रेस नेता राहुल गान्धी, केन्द्रीय मन्त्री पीयूष गोयल, बिहारका पूर्वमुख्यमन्त्री लालु यादवकी छोरी रोहिनी आचार्यलगायतको हार जितको फैसला गर्ने छ । 

भारतमा गत अप्रिल १९ देखि सुरु भएको निर्वाचन प्रक्रियामा मतदानको चौथो चरण पूरा भई पाँचौँ चरणमा आइपुगेको छ । मतदान अन्तरगत छैटौँ चरणको निर्वाचन मे २५ मा र अन्तिम चरणको मतदान जुन १ मा गर्ने त्यहाँको निर्वाचन आयोगले जनाएको छ । त्यसपछि जुन ४ तारिखबाट मतगणना सुरु हुने छ । 

प्रतिक्रिया दिनुहोस