एजेन्सी । साविक विजेता चेन्नाई सुपर किंग्सलाई हराउँदै रोयल च्यालेन्जर्स बेंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको प्ले–अफमा पुगेको छ ।
शनिबार राति भएको खेलमा चेन्नाईलाई २७ रनले पराजित गर्दै बेंगलोरले यस सिजनको आईपीएलको प्ले–अफ यात्रा तय गरेको छ । यो हारसँगै चेन्नाई भने प्रतियोगिताबाट बाहिरिएको छ ।
बेंगलोरको जीतमा कप्तान फाफ डू प्लेसिसले अर्धशतकीय पारी खेले । उनले ३९ बलमा ५४ रन बनाए । यस्तै पूर्वकप्तान विराट कोहलीले र रजत पडिदारले पनि ब्याट महत्त्वपूर्ण योगदान दिए ।
कोहलीले ४७ तथा पडिदारले ४१ रन जोडे । चिन्नस्वामी रंगशालामा पहिले ब्याटिङ गर्दै घरेलु टोली बेंगलोरले आठ विकेटको क्षतिमा २१८ रन बनाएको थियो ।
जवाफमा चेन्नाईले सात विकेट गुमाउँदै १९१ रन मात्र बनाउन सक्यो । दुवै टोली समान १४ अंकमा रहे पनि बेंगलोरले रन रेटको आधारमा प्ले–अफ पुगेको हो ।
प्ले–अफ पुग्नका लागि बेंगलोरले लगातार ६ खेल जितेको हो । अब बेंगलोरले बुधबार इलिमिनेटर खेल्नेछ । यसअघि कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स र सनराइजर्स हैदराबादले प्ले–खेल्ने निश्चित भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०६ जेठ २०८१, ०७ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आईपीएल : मुम्बईविरुद्ध हैदरावाद ६ विकेटले विजयी
आईपीएल : गुजरातविरुद्ध आरसीबीको ५ विकेटको जित
आईपीएल : तिलकको शतकमा मुम्बईको विशाल जित, गुजरात ९९ रनले पराजित
आईपीएलमा हैदराबादको रोमान्चक जित, चेन्नाई १० रनले पराजित
आईपीएल : लखनउलाई पराजित गर्दै आरसिबी शीर्ष स्थानमा
आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित