बागमती । बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम आज चयन गरिँदै छ । आज बस्ने प्रदेशसभा बैठकमा सभापतिको नाम निर्णायार्थ प्रस्तुत गरिने भएको छ ।
विषयगत समितिको सभापति चयन गर्न सभामुख भुवनकुमार पाठकले आज बिहान ११ बजे प्रदेशसभाको बैठक आह्वान गरेका छन् । सभापति पदका लागि मनोनयन दर्ता सकिएको र आजको बैठकमा ती नाम निर्णायार्थ प्रस्तुत गरिने प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए ।
प्रदेश सभाको पाँच वटा विषयगत समितिमध्ये चार समितिको सभापतिका लागि शुक्रबार मनोनयन दर्ता भएको छ । सार्वजनिक लेखा समिति र प्रदेश मामिला समितिको सभापति पदमा नेपाली काँग्रेसको तर्फबाट क्रमशः श्रीराम लामिछाने र छिरिङ दोर्जे लामाले मनोनयन दर्ता गराएका छन् ।
यस्तै कृषि, शिक्षा, स्वास्थ्य समितिको सभापतिका लागि नेकपा (माओवादी केन्द्र) का तर्फबाट ठाकुरप्रसाद ढकाल र अर्थ तथा विकास समितिको सभापतिका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नुरज बज्राचार्यले मनोनयन दर्ता गराएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेशसभाअन्तर्गतको उद्योग, पर्यटन तथा वातावरण समितिको सभापति पदमा भने कुनै उम्मेदवारी नपरेको प्रदेशसभा सचिवालयले जनाएको छ । सो समितिको सभापति नेकपा (एमाले)लाई दिने दलहरुबीच सहमति भएको बताइएको छ । यस्तै आजको प्रदेशसभा बैठकबाट प्रदेशसभाअन्तर्गतको विशेष समिति गठन गर्ने सहमति भएको सचिव दर्जीले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०५ जेठ २०८१, ११ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने
मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ
बागमती प्रदेशका दुई जिल्ला अध्यक्ष मात्रै ओलीको पक्षमा !
लामाका मन्त्री नियुक्त नगरे बागमतीका मुख्यमन्त्री बानियाँलाई पर्न सक्छ संकट
मुख्यमन्त्री बानियाँले साउन २७ मा विश्वासको मत लिने
बागमतीको मुख्यमन्त्रीमा इन्द्र बानियाँको दाबी पेस