१ लाख ४० हजारको उच्च रेकर्डबाट ओर्लियो सुनको भाउ, कतिमा हुदैँछ कारोबार ?

सफल खबर संवाददाता

शुक्रबार, ०४ जेठ २०८१, १० : ५७
१ लाख ४० हजारको उच्च रेकर्डबाट ओर्लियो सुनको भाउ, कतिमा हुदैँछ कारोबार ?

काठमाडौँ । अघिल्लो दिन सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ४० हजार रुपैयाँ पुगेकोमा सो मूल्य आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घट्दै १ लाख ३९ हजार ३ सय रुपैयाँमा झरेको हो । 

यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ७ सय रुपैयाँले नै घट्दै १ लाख ३८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले मात्र घट्दै १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको थियो । 

प्रतिक्रिया दिनुहोस