बागमती । बागमती प्रदेश सरकारले बिना विभागीय मन्त्री रमा आले मगरलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको छ ।
प्रदेश सरकार मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी मन्त्री आले मगरलाई दिने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिए । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का तर्फबाट बागमती सरकारमा मन्त्री भएकी आले मगर हालसम्म बिना विभागीय मन्त्री थिइन् ।
यस्तै बैठकले विश्वविद्यालय संरक्षक समितिको सदस्यमा प्रा. डा. चन्द्रमणि पौडेल र कृष्ण कटुवाललाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री श्रेष्ठले बताए । त्यस्तै प्रदेश सरकारी कामकाजको भाषा कार्यान्वयनका लागि सुझाव कार्यदल गठन गर्ने निर्णय भएको उनले बताए ।
बागमती प्रदेश सरकारले गत वैशाख २४ गतेदेखि तामाङ र नेवारी भाषा सरकारी काकाजको भाषा कार्यान्वयन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०३ जेठ २०८१, १३ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले बागमती प्रदेश सभापति लामिछानेलाई सोध्यो स्पष्टीकरण
चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत
बागमती प्रदेशका सभामुखले बुझाए राजीनामा
बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने
मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ
बागमती प्रदेशका दुई जिल्ला अध्यक्ष मात्रै ओलीको पक्षमा !