काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोनमा कुराकानी गरेका छन् । केहीबेर अघि सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका हुन् ।
छलफलका क्रममा प्रधानमन्त्रीले कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले केहीबेर बैठक ढिला गर्न भनेका सभामुखका प्रेस विज्ञ शेखर अधिकारी जानकारी दिए । ‘प्रधानमन्त्रीले आजको बैठकमा नै गृहमन्त्रीलाई बोल्ने गरी वातावरण निर्माण गरिरहेको जानकारी दिनुभयो’ उनले भने । संसद् बैठक आज ११ बजे बोलाइएको थियो ।
सभामुख घिमिरेले आजै बानेश्वरमा कानुन मन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन् । छलफलमा कानुन मन्त्री पदम गिरी, उपसभामुख इन्दिरा राना, कांग्रेस सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा सचेतक बिनाकुमारी लामा सहभागी रहेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ जेठ २०८१, ११ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुख र प्रधानमन्त्रीबीच भेटवार्ता
फरक विषय बोल्न थाल्नुभयो भने समय नदिने अवस्था आउन सक्छ: सभामुख
संसदमा प्रधानमन्त्रीको खोजी, रुलिङ गर्न सभामुखसँग कांग्रेसको माग
सभामुखले बोलाए प्रमुख सचेतक तथा सचेतकको बैठक
सभामुख र चिनियाँ राजदूतबीच भेटवार्ता, ताइवान-तिब्बतसम्बन्धी नेपालको नीतिमा चासो
सभामुख र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता