काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोनमा कुराकानी गरेका छन् । केहीबेर अघि सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका हुन् ।
छलफलका क्रममा प्रधानमन्त्रीले कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले केहीबेर बैठक ढिला गर्न भनेका सभामुखका प्रेस विज्ञ शेखर अधिकारी जानकारी दिए । ‘प्रधानमन्त्रीले आजको बैठकमा नै गृहमन्त्रीलाई बोल्ने गरी वातावरण निर्माण गरिरहेको जानकारी दिनुभयो’ उनले भने । संसद् बैठक आज ११ बजे बोलाइएको थियो ।
सभामुख घिमिरेले आजै बानेश्वरमा कानुन मन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन् । छलफलमा कानुन मन्त्री पदम गिरी, उपसभामुख इन्दिरा राना, कांग्रेस सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा सचेतक बिनाकुमारी लामा सहभागी रहेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ जेठ २०८१, ११ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशका सभामुख यादवद्वारा पदभार ग्रहण
मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित
मधेसमा सभामुखका लागि दुई जनाको उम्मेदवारी
रामआशिष यादवलाई मधेशको सभामुख बनाउने सहमति
सरकारले संसद् सचिवालयमाथि आर्थिक बन्देज लगाउने प्रयास गरिरहेको छ: सभामुख
जनउत्तरदायी संसदीय अभ्यासमा जुट्नुपर्छ: सभामुख घिमिरे