काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक पनि आज बस्ने भएको छ । दिउँसो १:१५ बजे सङ्घीय संसद् भवनमा बैठक बस्नेछ ।
संसद् सचिवालयले सार्वजनिक गरेको बैठकका सम्भावित कार्यसूचीमा राष्ट्रपतिबाट भएको संशोधनको प्रति टेबुल गर्ने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउने, राष्ट्रपतिको सम्बोधनका लागि ‘धन्यवाद प्रस्ताव’ प्रस्तुत गर्ने, सञ्चारमन्त्रीले मिडिया काउन्सिल विधेयक पेस गर्ने लगायत ६ कार्य बुँदामा सूची उल्लेख छन् ।
नेपाली कांग्रेसले राष्ट्रियसभा बैठकमा पनि अवरोध गरिरहेकोले सदन सुचारु हुनेमा भने आशङ्का कायमै छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ जेठ २०८१, ०८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै
राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने
राष्ट्रियसभामा १७ सदस्यका लागि सातवटै प्रदेशमा मतदान जारी
राष्ट्रियसभा सदस्य निर्वाचन: आज सातै प्रदेशमा मतदान
राष्ट्रियसभा अधिवेशन आजदेखि, यस्तो छ कार्यसूची
राष्ट्रियसभा सदस्य निर्वाचन : उम्मेदवारको नामावली प्रकाशन आज