नोबेल विजेता साहित्यकार एलिस मुनरोको निधन

सफल खबर संवाददाता

बुधबार, ०२ जेठ २०८१, १५ : ०६
नोबेल विजेता साहित्यकार एलिस मुनरोको निधन

काठमाडौँ । नोबेल पुरस्कार विजेता लेखक एलिस मुनरोको निधन भएको छ । कथ्य-शैलीका कारण द क्यानडियन चेखबका रूपमा समेत परिचित मुनरोको मंगलबार निधन भएको हो । उनी ९२ वर्षकी थिइन् । केही वर्षदेखि उनी ‘डिमेन्सिया’बाट ग्रसित थिइन् ।

मुनरोलाई सन् २०१३ मा साहित्यतर्फको नोबेल साहित्य पुरस्कार दिइएको थियो । नोबेल कमिटीले मुनरोलाई ‘समकालीन कथाकी कुशल कालिगढ’ को संज्ञासमेत दिएको थियो । चर्चित क्यानडेली साहित्यकार मार्गरेट एटवुडलेले मुनरोलाई ‘समकालीन अङ्ग्रेजी कथामा प्रमुख लेखकमध्येकी एक’ भनेकी थिइन् ।

मुनरोको जन्म सन् १९३१ मा ओन्टारियोको किसान परिवारमा भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस