काठमाडौँ । ललितपुर महानगरपालिका–२५ भैंसेपाटीस्थित फुलबारी मार्गबाट प्रहरीले ६ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । फुलबारी मार्गमा सञ्चालित सुर्खेती सेकुवा कर्नरबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले बताए ।
पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–१२ घर भएका ३० वर्षीय श्याम तामाङसहित ६ जना छन् । प्रहरी प्रभाग बुंगमतिबाट खटिएको प्रहरीले जुवा खालबाट ४८ हजार नगद बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ जेठ २०८१, १४ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा नगर सभापतिसहित १६ जना जुवाडे पक्राउ
१३ लाखसहित नेपालगन्जबाट १४ जना जुवाडे पक्राउ
१ लाख रुपैयाँसहित पाँच जुवाडे पक्राउ
रानीवनबाट आठ जुवाडे पक्राउ