काठमाडौं। सप्तरीस्थित नेपाल बैंक लिमिटेडका सुरक्षागार्डको हत्यामा संलग्न भएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चन्द्र सुवेदी छन् । गत बिहीबार बिहान ३ बजेर १८ मिनेटमा सप्तकोशी नगरपालिका १ फत्तेपुरमा रहेको बैंकको शाखा कार्यालयका सुरक्षा गार्ड ५५ वर्षीय पर्शुराम फुयालको हत्या भएको थियो ।
सीसीटीभी फुटेजमा शंकास्पद व्यक्ति देखिएपछि प्रहरीले खोजीकार्य जारी राखेको थियो । मधेश प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले शङ्कास्पद सुवेदीलाई मकवानपुरबाट नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी गजुसिद्धि बज्राचार्यका अनुसार सीसीटीभीको फुटेजका आधारमा सुवेदीको खोजी गरिएको थियो । बैंक लुट्न नपाएपछि सुरक्षागार्ड फुयालको धारिलो प्रहार गरेर हत्या भएको थियो । लुटेरा भने फरार भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० बैशाख २०८१, ११ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हत्या आरोपमा एकै घरका तीन जना पक्राउ
रौतहटमा जग्गाको विषयमा विवाद हुँदा एक जनाको हत्या, बाबु-छोरा पक्राउ
भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा कुमार थापा पक्राउ
युवकले गरे श्रीमतीको हत्या, छोरा पनि घाइते
दैलेखमा खुर्पा प्रहार गरी बुबाले गरे छोराको हत्या