इपिएस परीक्षामा पाँच हजार ७५३ जना उत्तीर्ण

पत्रपत्रिकाबाट

शनिबार, २९ बैशाख २०८१, ०९ : ०२
इपिएस परीक्षामा पाँच हजार ७५३ जना उत्तीर्ण

काठमाडौ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत पहिलो चरणमा लिइएको भाषा परीक्षा र सिप परीक्षाबाट पाँच हजार ७५३ जना परीक्षार्थी उत्तीर्ण भएका छन् ।

 सन् २०२४ मा इपिएसमार्फत उत्पादनतर्फको काम गर्न जानका लागि भाषा परीक्षा उत्तीर्ण गरेका छ हजार ३२१ जनामध्ये सिप परीक्षामा उत्तीर्ण भएका हुुन् । 

जसमा बाँकी ७७ जना सिप परीक्षामा अनुुपस्थिति रहेको वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस शाखाले जनाएको छ । गोरखापत्रमा खबर छ । 

प्रतिक्रिया दिनुहोस