काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले नवनियुक्त मुख्यमन्त्री कार्कीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । उनी आजै कोशीको नयाँ मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
मुख्यमन्त्री कार्कीसँगै नेकपा एमालेका राम बहादुर रानामगर र नेकपा माओवादी केन्द्रबाट गणेश उप्रेतीले बिनाविभागीय मन्त्रीको शपथ लिएका छन् ।संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई एमालेका ३९ र माओवादीका १३ गरी ५२ जना सांसदको समर्थन रहेको छ ।
निवर्तमान मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाबाट विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनको लागि आह्वान गरेका थिए । यता निवर्तमान मुख्यमन्त्री कार्की भने नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालत पुगेका छन् ।
नयाँ सरकार गठनको आह्वान खारेज गरेर मुख्यमन्त्रीमा आफैंलाई निरन्तरता दिन परमादेश माग गरेर कार्की आज सर्वोच्च पुगेका हुन् । उनले दायर गरेको रिटमाथि शुक्रबार प्रारम्भिक सुनुवाई हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ बैशाख २०८१, १९ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशी सरकारको एक वर्षे समीक्षा : लगानी, पूर्वाधार र सुशासनमा उल्लेखनीय प्रगति
कोशीमा पर्यटन वर्ष सुरुसँगै, पर्यटकको चहलपहल बढ्यो
प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्ने कोशी माओवादीको चेतावनी