काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ । कार्यक्रमको सिलसिलामा सिन्धुली पुगेका उनी अस्वस्थ भएपछि मंगलबार दिउँसो सेनाको हेलिकप्टरमा काठमाडौँ ल्याइएको हो ।
जम्कट्टेललाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ । जम्कट्टेलमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ बैशाख २०८१, १५ : ४८
लेखकबाट थप