काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमविपरीत स्वास्थ्य सेवा सञ्चालन गरिरहेका सेवाप्रदायकलाई कारबाही गर्ने भएको छ ।
मन्त्रालयका उपसचिव एकदेव खनालद्वारा जारी परिपत्रमा मापदण्डबमोजिम नभएको, अनुमति नलिई सञ्चालन भएका तथा बढी शुल्क लिएको गुनासोका आधारमा कारबाही गर्ने जनाइएको हो ।
'जनस्वास्थ्य सेवा नियमावली २०७७ को नियम १२ को उपनियम ९१० मा कसैले पनि इजाजतपत्र नलिई निजी, गैरसरकारी, सरकारी वा गैरनाफामूलक सामुदायिक स्वास्थ्य संस्था सञ्चालन गर्न वा त्यस्तो संस्थाबाट स्वास्थ्य सेवा उपलब्ध गराउनु हुँदैन भन्ने व्यवस्था रहेकामा केही स्वास्थ्य सेवासँग सम्बन्धी संस्था, अटिजम थेरापी सेन्टर, बाल क्लिनिकलगायत मापदण्डबमोजिम नभएको पाइएको छ', मन्त्रालयले जारी गरेको परिपत्रमा भनिएको छ ।
मन्त्रालयले स्वास्थ्य संस्थालाई जनस्वास्थ्य सेवा नियमावली २०७७ बमोजिम सम्बन्धित निकायबाट सञ्चालन अनुमति लिएर एवं स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ तथा अन्य प्रचलित कानूनको पूर्ण पालना गरेर मात्र सञ्चालन गर्न अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ बैशाख २०८१, १४ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वायु प्रदूषण बढेकाले मास्क लगाउन स्वास्थ्य मन्त्रालयकाे आग्रह
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइने
२०८० मा स्वास्थ्य : कलेजो प्रत्यारोपणदेखि चिकित्सा शिक्षा आयोगको प्रतिवेदनसम्म
एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण
बिदा वा काजमा रहँदा बैठकमा नबस्न र भत्ता नलिन कर्मचारीलाई स्वास्थ्य मन्त्रालयको निर्देशन
बिपीका उपकुलपति कार्कीलाई कारबाही गर्न माग गर्दै मन्त्रालयलाई हर्क साम्पाङको पत्र