प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्ने विधेयक स्विकार्दैनौँ : सभापति लम्साल

सफल खबर संवाददाता

शुक्रबार, २१ बैशाख २०८१, ११ : २८
प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्ने विधेयक स्विकार्दैनौँ : सभापति लम्साल

काठमाडौँ । प्रेस युनियनका सभापति शिव लम्सालले प्रेस स्वतन्त्रताका कुण्ठित हुने मिडिया विधेय ल्याइए स्वीकार नहुने बताएका छन् । नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशन समारोहमा बोल्दै उनले सरोकारवालाहरूको छलफल बेगर विधेयक पारित भए नमान्ने चेतावनी दिएका हुन् ।

‘आयोग, समिति र उपसमिति सरोकारवालाहरूको छलफल बेगर संसद्, प्रदेशबाट प्रेस स्वतन्त्रता सम्बन्धी विधेयक पारित भए हामी त्यो कुरा स्विकार्दैनौँ’, लम्सालले भने ।

प्रेस स्वतन्त्रता र श्रमको उचित मूल्यको पक्षमा आफूहरूले आन्दोलन जारी उनले बताए ।

प्रतिक्रिया दिनुहोस