नेपाल इन्स्योरेन्सले १०ः४ रेसियोमा हकप्रद सेयर जारी गर्ने

सफल खबर संवाददाता

विहीबार, २० बैशाख २०८१, १३ : ०९
नेपाल इन्स्योरेन्सले १०ः४ रेसियोमा हकप्रद सेयर जारी गर्ने

काठमाडौँ । नेपालकै पहिलो बीमा कम्पनी ‘नेपाल इन्स्योरेन्स’ ले हकप्रद (राइट) सेयर जारी गर्ने भएको छ । पुँजी वृद्धिका लागि नियामक नेपाल बीमा प्राधिकरणले दबाब दिएसँगै कम्पनीले हकप्रद सेयर जारी गर्ने तयारी गरेको हो ।

बीमा प्राधिकरणले गत वर्ष एक निर्देशन जारी गर्दै २०८० चैत मसान्तसम्म जीवन बीमा कम्पनीलाई न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुर्याउन र निर्जीवनी बीमा कम्पनीहरुलाई २ अर्ब ५० करोड रुपैयाँ पुर्याउन निर्देशन गरेको थियो । उक्त निर्देशन बमोजिम प्राधिकरणले बीमा कम्पनीहरुलाई चुक्ता पुँजी वृद्धि गर्ने समय केही बढाइदिएको छ ।

यसै नीति बमोजिम नेपाल इन्स्योरेन्सको वैशाख १७ गते मंगलबार बसेको सञ्चालक समितिको १७ औं बैठकले हाल कायम कम्पनीको १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँको ४० प्रतिशत बराबरको हकप्रद जारी गर्ने निर्णय गरेको हो ।

हाल कायम सेयरको १० कित्ता बराबर ४ कित्ता सेयर हुनेगरी १०ः ४ को अनुपातमा हकप्रद जारी गर्ने निर्णय सञ्चालक समितिले गरेको हो ।बीमा प्राधिकरणबाट सैद्धान्तिक स्वीकृती भई आए बमोजिम उक्त हकप्रद सेयर जारी गर्न आगामी विशेष साधारण सभामा प्रस्ताव लैजाने निर्णय भएको कम्पनीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस