काठमाडौँ। पत्रकार नवीनकाजी राई मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका छन् ।शुक्रवार राति काठमाडौंको दरबारमा मोटरसाइकल दुर्घटनामा परी राई गम्भीर घाइते भएका हुन् ।मोटरसाइकलको पछाडि सवार राईको टाउकोमा चोट छ ।राई नेपाल प्रेस डटकममा कार्यरत पत्रकार हुन् ।
राईको अहिले सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको पारिवारिक स्रोतलाई उद्धृत गर्दै नेपाल प्रेसले जनाएको छ ।दुर्घटना लगतै उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ बैशाख २०८१, ११ : ४९
लेखकबाट थप