इलाम-२ उपचुनाव : १० बजेसम्म १५ प्रतिशत मतदान

सफल खबर संवाददाता

शनिबार, १५ बैशाख २०८१, ११ : ४०
इलाम-२ उपचुनाव : १० बजेसम्म १५ प्रतिशत मतदान

विराटनगर। इलाम-२ को उप निर्वाचनमा बिहान १० बजेसम्म १५ प्रतिशत मत खसेको छ । मतदान स्थलमा बिहान कम मात्रै मतदाताहरू उपस्थित थिए ।

२०७९को निर्वाचनको तुलनामा आज बिहान मतदाता कम उपस्थित भएको सशस्त्र प्रहरीका डीआईजी अन्जन पोख्रेलले बताए । '१० बजेसम्म १५ प्रतिशत मत खसेको छ,' उनले भने, 'पहिलाको तुलनामा मतदाता कम देखिएका छन् ।

खाना खाएपछि मतदाता बढ्ने अनुमान गरेको उनले बताए । पोख्रेलका अनुसार बिहान ११बजेदेखि दिउँसो १ बजेसम्म मतदाता बढ्ने अनुमान गरिएको छ ।

उप निर्वाचनमा मत हाल्न भने छिटो भएको कोशी प्रदेश प्रहरी कार्यालयका डीआईजी चन्द्र कुबेर खापुङले बताए । १५ देखि २० सेकेन्डमा मतदाताले मत हालिसकेको उनले बताए ।

१ लाख १६ हजार आठ सय ८९ मतदाता छन् भने ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र छन् । इलाममा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

 

प्रतिक्रिया दिनुहोस