काठमाडौँ । मधेश प्रदेशमा नेकपा एकीकृत समाजवादीबाट बिना विभागीय मन्त्रीको शपथ लिएकी बेची लुंगेली श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेकी छन् ।गत वैशाख ६ गते विना विभागीय मन्त्रीको शपथ लिएकी उनले आज मन्त्रालयको पदभार ग्रहण गरेकी हुन् ।
यस्तै माओवादी केन्द्रबाट विना विभागीय मन्त्री रहेका भरतप्रसाद साहले अर्थ मन्त्रालय लिने अडानमा छन् । मुख्यमन्त्री सरोजकुमार यादवले चौथोपटक विश्वासको मत लिनु पूर्व अर्थ मन्त्रालय दिने वचन पूरा गर्नु पर्ने उनको माग छ ।
मुख्यमन्त्री यादवले उनलाई अर्थ नदिएर बाँकी रहेको वन तथा वातावरण मन्त्रालय दिन चाहेका छन् । तर, साहले उक्त मन्त्रालय लिन अस्वीकार गर्दै आएका छन् । जनमतले छाडेको श्रम तथा यातायात मन्त्रालय र लोसपाले छाडेको वन तथा वातावरण मन्त्रालय मुख्यमन्त्रीले आफैँले राखेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ बैशाख २०८१, १२ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बझाङमा नेकपा एसको धरौटी जफत
एकीकृत समाजवादी मकवानपुरको अध्यक्षमा दाहाल
कोशीको मुख्यमन्त्रीलाई ३० दिनभित्र विश्वासको मत लिन राजेन्द्र राईको सुझाव
कम्युनिष्टहरु एकताबद्ध नभई देशको प्रगति असम्भव : झलनाथ खनाल
मधेशमा माओवादीका २ र एकीकृत समाजवादीका १ जना मन्त्री बन्दै
एकीकृत समाजवादीको महाधिवेशन केन्द्रित मस्यौदा समितिको बैठक शुरू