मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायका रूपमा बुझ्नुपर्छ: ईश्वर पोखरेल

सफल खबर संवाददाता

विहीबार, १३ बैशाख २०८१, १० : २४
मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायका रूपमा बुझ्नुपर्छ: ईश्वर पोखरेल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायको रूपमा बुझ्न आवश्यक रहेको बताएका छन् ।

आज ललितपुरमा मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा मनमोहन अधिकारीको २५ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्व. नेता अधिकारी अनेक उतारचढावहरू भए पनि कहिले पनि खण्डित नभएको बताए ।

उनले शासन सत्तामा रहँदा मात्रै नभई स्व. नेता अधिकारी प्रतिकुल अवस्थामा समेत स्थिर रहेको बताए ।  अहिलेको कम्युनिस्ट आन्दोलनमा लागेका विद्यार्थीहरूले मनमोहन अधिकारीको सादगीपूर्ण जीवनीको बारेमा जान्न आवश्यक बताए ।वरिष्ठ उपाध्यक्ष पोखरेलले स्व. मनमोहन अधिकारी भूराजनीतिक संवेदनशीलताप्रति गम्भीर रहेको बताए । 

प्रतिक्रिया दिनुहोस