आइपीएल : गुजरातसँग हार्‍यो चेन्नई

एजेन्सी

बुधबार, १२ बैशाख २०८१, ०७ : ०४
आइपीएल : गुजरातसँग हार्‍यो चेन्नई

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपीएल) मा लखनउ सुपर जाइन्ट्ले चेन्नई सुपर किंग्सलाई हराएको छ । गएराति सम्पन्न खेलमा एलएसजीले सीएसकेलाई ६ विकेटले हराएको हो ।

२११ रनको लक्ष्य पछ्याएको लखनउले मार्कुस स्टोइन्सको सानदार शतकको मद्दतमा ३ बल बाँकी रहँदै २१३ जोडेर जीत निकाल्यो । 

स्टोइन्सले ६३ बलमा १३ चौका र ६ छक्काको मद्दतमा नटआउट १२४ रन बनाए । निकोलस पूरनले ३४, दीपक हुड्डाले नकआउट १७ रन, कप्तान केएल राहुलले १६ र देवदत्त पडिकलले १३ रन बनाए । चेन्नईका मथिसा पथिरानाले २, दीपक चहर र मुस्ताफिजुर रहमानले समान १ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले कप्तान रितुराज गायकवाडको शतकको मद्दतमा निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २१० रन बनाएको थियो । ६० बल खेलेका उनले नटआउट १ सय ८ रन बनाए । 

शिवम दुवेले अर्धशतक बनाए । रविन्द्र जडेजाले १६ र ड्रेल मिचेलले ११ रन जाडेका थिए ।

महेन्द्रसिंह धोनीले १ बलमा नटआउट १ चौका प्रहार गरे । लखनउका लागि म्याट हेनरी, मोसिन खान र यश ठाकुरले समान १ विकेट लिए ।

जारी आईपीएलमा चेन्नईको यो चोथो हार हो । हालसम्म ८ खेल खेलेको सीएसकेले चार खेल गुमाएको छ । चेन्नई यसअघि पनि लखनउसँगै पराजित भएको थियो । 

 

प्रतिक्रिया दिनुहोस