काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापा अमेरिका पुगेका छन् । इलाम २ मा हुने उपनिर्वाचनको प्रचारप्रसारबाट फर्किएलगत्तै थापा अमेरिका प्रस्थान गरेका हुन् ।यसअघि नै थापाको परिवार अमेरिका पुगिसकेको छ । अमेरिकामा थापा पारिवारिक घुमघाम र जनसम्पर्क समितिको कार्यक्रममा सहभागी हुन लागेका हुन् ।
सोमबार थापाले नेपाली जनसम्पर्क समिति नर्दन क्यालिफोर्निया च्याप्टरको अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाउँदै छन् ।जुन २१ बेलुका ५ बजे थापाले क्यालिफोर्नियाको अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाउने जानकारी नेपाली जनसम्पर्क समिति क्यालिफोर्नियाका नेता गौतम दाहालले दिए ।
थापाले मिन्नेसोटा र क्यालिफोर्नियामा पारिवारिक भेटघाट गर्ने छन् ।थापाका काका क्यालिफोर्निया र भाइहरू मिन्नेसोटामा बस्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ बैशाख २०८१, ११ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा सबै भत्किने र बिग्रिने मात्रै भएको छैन, साना कुरामा बाटो समातिरहेका छौं : गगन थापा
सुशासन र विकास कांग्रेसको ‘एजेन्डा’ बन्नुपर्छ : गगन थापा
एमालेसँग गगनको प्रस्ताव– ३० सिटे दलले तर्साउने खेल बन्द गर्न सहकार्य गरौं
विद्यालयमा अभिभावकको सहभागिता गराउन नसक्नु राजनीतिक असफलता : गगन थापा
राजनीतिमा छट्टुहरू हाबी हुन थाले, गति र मति भएको मान्छे चाहियो: गगन थापा
सरकारको कामलाई २० अंकभन्दा बढी दिने अवस्था छैन: महामन्त्री थापा