बाघको आक्रमणबाट एक बालिका घाइते

सफल खबर संवाददाता

आइतबार, ०९ बैशाख २०८१, ०८ : ०९
बाघको आक्रमणबाट एक बालिका घाइते

भक्तपुर । भक्तपुरमा बाघको आक्रमणबाट एक बालिका घाइते भएकी छन् ।

चाँगुनारायण नगरपालिका–४ साङदहस्थित मामाघरमा पढ्न बसेकी १४ बर्सिया चयन बस्नेतलाई बाघले आक्रमण गरेको हो । 

घर नजिकै कोही नबस्ने खाली घरमा खेल्न जानेक्रममा झाडीबाट अचानक निस्किएको बाघले उनीमाथि आक्रमण गरेको थियो । 

उनी सख्त घाइते अवस्थामा भेटिएकी थिइन् । उनलाई उपचारका लागि टेकु अस्पताल पुर्‍याइएको भक्तपुरका डिएसपी राजन कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस