काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले परिवर्तनलाई संस्थागत गर्ने सवालमा कांग्रेससँग मिल्न तयार रहेको बताएका छन् ।राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पोखरेलले परिवर्तनलाई संस्थागत गर्नका लागि सत्तापक्ष र प्रतिपक्षसँग मिलेर काम गर्न तयार रहेको बताएका हुन् ।
‘गणतन्त्र र लोकतन्त्रलाई सुदृढ र यसको संस्थागत विकासको लागि सत्तापक्ष र प्रतिपक्षसँग मिलेर काम गर्न तयार छौं', पोखरेलले भने, ‘तर सत्ताको लागि लालायित छैनौं । सत्ता प्राथमिकता हाम्रो विषय होइन । मुलुकलाई सही बाटो हिँडाउने प्राथमिकता दिएर हामी अगाडि बढेका छौं ।
सत्तालाई प्राथमिकता नदिएकैले फेरिएको समीकरणमा महत्त्वपूर्ण मन्त्रालयमा दाबी नगरेको उनले बताए । ‘नयाँ सत्ता समीकरणमा महत्वपूर्ण मन्त्रालय चाहिन्छ भनेर दाबी गरेनौं । आलोपालोमा पनि दाबी रहेन', उनले भने, ‘राम्रो काम गर्दा सरकारलाई निरन्तरता दिन तयार छौं ।’
लोकतन्त्रमा संकट आउँदा कांग्रेससँग जहिले पनि मिल्दै आएकोसमेत उनले बताए । ‘लोकतन्त्रमाथि संकट आएमा त्यतिबेला कांग्रेससँग मिलेर काम गर्नुपर्छ भन्ने मान्यता राख्दै आएका छौं’, उनले भने ।
गोदावरीमा शनिवारदेखि सोमवारसम्म चल्ने प्रतिनिधि परिषद्को बैठकले पार्टी नयाँ शिराबाट अगाडि बढ्ने संकल्पसाथ टुंगिने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ बैशाख २०८१, १६ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टीमा पटके निर्णय गर्ने प्रवृत्ति बढ्यो : महासचिव पोखरेल
विकास र समृद्धिका कामलाई तिव्रता दिन नयाँ सहकार्य फलदायी बनाउने निष्कर्षमा पुर्याएका छौंः महासचिव पोखरेल
गृह मन्त्रालय कसले लिने भन्ने छलफल सुरु नै भएको छैन: शंकर पोखरेल
धरहराको निर्माण कार्य उतिबेलै सकिएको हो, महत्व नबुझ्नेले आलोचना गर्नु स्वाभाविक: महासचिव पोखरेल
सरकार कमजोर हुँदा बाह्य हस्तक्षेप बढ्यो : शंकर पोखरेल
महासचिव शंकर पोखरेलको नेतृत्वमा एमाले नेताहरू चीन जाने