काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी रहेको छ । झापाबाट काठमाडौँ आउनासाथ एमाले अध्यक्ष ओली सिंहदरबार पुगेर प्रधानमन्त्री प्रचण्डसँग छलफलमा जुटेका हुन् ।
सत्ता समीकरणमा रहेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काँग्रेस सभापति शेरबहादुर देउवासँग मिलेर वैकल्पिक गठबन्धन बनाउने सहमति गरेको विषय मिडियामा चर्चा भएपछि प्रधानमन्त्री प्रचण्ड र ओली छलफलमा जुटेको बताइएको छ ।
प्रधानमन्त्री प्रचण्ड र ओलीले छलफल गरिरहेका बेला गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने पनि पुगेका छन् । एकीकृत समाजवादीले सुदूरपश्चिममा कांग्रेससँग मिलेर सरकारमा दाबि गर्ने तयारी समेत गरेपछि अन्तिम समयमा एमालेले दीर्घ सोडारीलाई समर्थन गरेपछि सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ बैशाख २०८१, १९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उत्पादन र रोजगारीमा केन्द्रित बजेट आउँछ : प्रधानमन्त्री प्रचण्ड
रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री प्रचण्ड
यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री प्रचण्ड
गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री प्रचण्ड र सीआईडीसीएका अध्यक्ष हुईबीच भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता