सरकारलाई पूर्णता दिने तयारीमा लुम्बिनीका मुख्यमन्त्री महरा, को-को बन्दैछन् मन्त्री ?

सफल खबर संवाददाता

विहीबार, ०६ बैशाख २०८१, ११ : ५३
सरकारलाई पूर्णता दिने तयारीमा लुम्बिनीका मुख्यमन्त्री महरा, को-को बन्दैछन् मन्त्री ?

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा सरकारलाई पूर्णता दिने तयारीमा जुटेका छन् । उनले आजै मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् ।प्रमुख सत्ता साझेदार नेकपा एमाले संसदीय दलका नेता लिला गिरी पाँच जना मन्त्रीको नाम मुख्यमन्त्री महरालाई दिइसकेका छन् ।

एमाले संसदीय दलका उप–नेता चेतनारायण आचार्य नेतृत्वमा सरकार जाने भएको छ ।अर्घाखाँचीका आचार्यले अर्थ मन्त्रालय पाउने बताइएको छ ।

रूपन्देहीका भूमिश्वर ढकाललाई शहरी विकास मन्त्री, गुल्मीका दिनेश पन्थी गृह, कपिलवस्तुका अर्जुनकुमार केसीलाई वन र बाँकेका रत्नबहादुर खत्रीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिने मोटामोटी सहमति भएको एमाले प्रमुख सचेतक तुलसी चौधरीले जानकारी दिए ।

त्यस्तै यसअघि नैं मन्त्री भइसकेका नेकपा माओवादीका दिपेन्द्र पुनले स्वास्थ्य मन्त्रालय पाउनेछन् । माओवादीबाटै बाँकेकी कृष्ण केसीलाई सिचाईं ऊर्जा तथा खानेपानी, पश्चिम नवलपरासीका स्वतन्त्र सांसद खड्ग बस्नेतलाई उद्योग पर्यटन तथा सहकारी मन्त्रालयको पाउने बताइएको छ ।

त्यस्तै बाँकेका जनता समाजवादी पार्टी (जसपा) का भण्डारीलाई भूमि व्यवस्था कृषि तथा सहकारी र बर्दियाका नागरिक उन्मुक्ति पार्टी (नाउपा)का धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार मन्त्रालय पाउने भएका छन् ।

नेकपा एकीकृत समाजवादी र जसपालाई थप एक मन्त्रालय फुटाएर भए पनि भागबण्डा पुर्‍याउने गरी मुख्यमन्त्री जुटेका छन् । लुम्बिनी अहिले दश मन्त्रालय छन् । नयाँ मन्त्रीको बिहीबार साँझ सपथ ग्रहणको तयारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस