एजेन्सी । युक्रेन प्रधानमन्त्री डेनिस स्मिहलले युक्रेन रुससँग हार्यो भने विश्वले तेस्रो विश्वयुद्धको सामना गर्नुपर्ने चेतावनी दिएका छन्।
बीबीसीका अनुसार उनले भनेका छन्, ‘हामी बचेनौँ भने युक्रेनले हार्नेछ। यसले अन्तर्राष्ट्रिय सुरक्षाको सम्पूर्ण प्रणाली ध्वस्त हुनेछ। विश्वलाई सुरक्षाका लागि नयाँ प्रणाली चाहिन्छ।’
यसबाट नयाँ तनाव उत्पन्न हुने दाबी गर्दै उनले यस्ता धेरै युद्ध देख्न सकिने दाबी गरे। उनले थपे, ‘यो विषय तेस्रो विश्वयुद्धतिर जान सक्छ।’
तर, युक्रेनले आफूले हारेको अवस्थामा यस्तो हुने चेतावनी दिएको यो पहिलोपटक होइन।
गत वर्ष युक्रेनका राष्ट्रपति जेलेन्स्कीले तेस्रो विश्वयुद्ध सुरु गर्न रुसले पोल्यान्डमा आक्रमण गर्न सक्ने दाबी गरेका थिए। तर त्यस्ता दाबीलाई रुसले अस्वीकार गरेको छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत महिना पूर्वी युरोपमा आक्रमण गर्ने रुसको दाबीलाई ‘बकवास’ भनेका थिए।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०६ बैशाख २०८१, १० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनमा रुसको क्षेप्यास्त्र र ड्रोन आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु
युक्रेन-रुस वार्ता: ६ हजार युद्धबन्दी रिहा गर्ने सहमति
युक्रेनले गर्यो रूसविरुद्ध अहिलेसम्मकै शक्तिशाली हमला
युक्रेनसँग सीमा जोडिएका रुसका २ छुट्टाछुट्टै पुल भत्किँदा ७ जनाको मृत्यु, ६९ घाइते
युक्रेनमा अहिलेसम्मकै ठूलो रुसी हवाई हमला, १२ जनाको मृत्यु
युक्रेनमा यात्रुवाहक बसलाई लक्षित गरी रुसको आक्रमण